बाग्लुङ -२ मा नेकपाको उम्मेदवार

रिपोर्ट नेपाल | 2019 Nov 07 | 05:07 pm 1325

 बाग्लुङ, कार्तिक २१ : आसन्न मंसिर १४ गने हुने उपचुनाबमा बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेताले बिद्रोह गर्दै वागी उम्मेदवार दिएका छन् । वाम गठबन्धनको उम्मेदवा छनौटप्रति असहमति जनाउँदै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता हुन्।

साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालीन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार भएका थिए । घर्तीको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन्।

सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल भएपछि नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई समर्थन गरेको छ। राजमोका तर्फबाट खिमविक्रम शाहीले मनोनयन दर्ता गरेका छन्।

प्रदेशसभाको राजमोका सांसद रहेका टेकबहादुर घर्तीको निधन भएपछि सो क्षेत्र रिक्त भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.