बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

| 2022 Nov 23 | 05:47 pm 149

बागलुङ, मंसिर ७ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अन्तिम मतपरिणाममा बागलुङ १ बाट केसी २१ हजार ४५१ मत सहित निर्वाचित भएका हुन् । उनले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराएका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठकले यसपालि भने १८ हजार ८ सय २५ मत ल्याएर उपविजेतामा सीमित भए ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३ मत पाएका छन् । बागलुङ १ मा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । आइतबारको चुनावमा ५४ हजार ७ सय ११ मत खसेकोमा ५२ हजार ८ सय ७० मत सदर र १ हजार ७ सय १४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.