काठमाडौं, जेठ १४ः नेपाली कांग्रेसलाई विधि र विधान सम्मत चलाउनका लागि नेतृत्वलाई दबाव दिने उद्देश्यले नेपाली कांग्रेस रुपान्तरण अभियानको सुरुवात गरिएको छ ।
पार्टीलाई विधि र विधानले भन्दा मुडेबल आफूखुसी चलाएको र कांग्रेसको संगठन दिन प्रति दिन खस्कीदै गएको भन्दै कांग्रेसका युवा नेताहरु रुपान्तरण अभियानमा लागेका छन् ।
विभिन्न स्थानको निर्वाचनको नतिजाले झापट हान्दा समेत नेतृत्व चिर निन्द्रामा रहनु र बहिरो जस्तै बसेका कारण रुपान्तरण बिना कांग्रेस र आफ्नो भविष्य अन्धाकार देखेपछि नेताहरु नेतृत्वलाई सवक सिकाउन अभियानमा जुटेका हुन् ।
यसै क्रममा रुपान्तरण अभियानले जेठ १६ गते दिनको १ बजे काठमाडौंको बत्तिसपुतलीमा विशेष कार्यक्रम गर्ने भएको छ । अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा उपस्थित हुन आम कार्यकर्तालाई आग्रह गरिएको छ ।
बागमती प्रदेश स्तरीय कार्यक्रम भएपनि सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि विशेष अनुरोध गरिएको छ ।