बागमती नदीले पार गर्‍यो सतर्कताको तह

रिपोर्ट नेपाल | 2024 Aug 21 | 10:12 am 497

तिलक बुढा

काठमाडौँ ०५ भदौ / मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौंको बागमती नदी गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ।

पानी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहने र बागमती कोरिडोर भई यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउनुपर्ने भएको छ।

कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरुका साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहे पनि आगामी ३ दिन उल्लेख्य बढ्ने पूर्वानुमान छ।

कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.