बागमतीमा गाडिएको अवस्थामा एक महिलाकाे शव फेला

रिपोर्ट नेपाल | 2021 Nov 28 | 03:21 pm 1425

काठमाडौं, मंसिर १२ः काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडिएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले बताए ।

सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.