बाख्रा खोरमा बाघ पसेर, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा मार्‍यो

| 2021 Sep 27 | 12:51 pm 4829

बर्दिया, असोज ११ः गएराति जिल्लाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक रूपमा खाेलिएकाे फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ ।

स्थानीय चन्द्रकान्त पौडेलले संचालन गरेकाे फर्ममा आइतबार राति बाघ पसेर  ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । मारिएकाे मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ ।

खोरमा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । पौडेलले भने ‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’  । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए ।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए । वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.