बाई बाई काेराेना

रिपोर्ट नेपाल | 2020 Apr 29 | 04:05 pm 3544

–त्रैलाेक्य प्रताप सेन

यति बिघ्न गहिराे एहसास कैले नि भएन मृत्युकाे,

यति प्रिय कहिले नि लागेन याे मानव जीवन ।

जता हेर्याे त्यतै त्यतै मडराईरहेछ काल याे काेराेनाकाे,

निल्नै थाल्याे मानव अस्तित्व कस्सिएर किन हाे किन,

प्रकृतिमाथिकाे बलात्कार र दाेहनकेा बदला हाेईन कतै ?

देखिन्छ रे अहिले भेनिसमा सङ्लाे निलाे पानी जताततै ।

पीडाकाे कस्ताे पराकाष्टा छुनहुन्न छाेराले बाबुकाे शव,

लिन हुन्न रे आमाले काखमा आफ्नै मुटुकाे टुक्रालाई अब

प्रेमकाे मिठाे अंगालाेभरी मृत्यु पाे जीवित छ रे त्यहाँ त,

ब्यथाकाे तीर-झीर यसभन्दा तिखाे के राेप्नु यहाँ त।

सक्याे सबै मानव सभ्यता भबिष्य सबै छरपस्ट पारी,

खायाे संस्कार रीति रिवाज र परम्परा कैलै न फिर्ने गरी

भ्याउने भाे निल्ने भाे सबैलाई सजिलै कुनै अट्टहासै नगरी,

नीरिह पाे भए महाशक्तिका दावा गर्नेहरु लिखुरिए यसरी

आशादिप यत्ति छ अब पराजित नगरेास प्रेम बन्धनलाई,

श्रृजेला त्यसैले धर्तिमा नव श्रृष्टि पुर्दै कराल क्रन्दनलाई ।

लाै जा ! बाई बाई , काेराेना तेराे रजाई !!!

१७ बैशाख २०७७

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.