बाइस वर्षपछि फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 02 | 01:52 pm 1894

सल्यान, पुस १८ :  कर्तब्य ज्यान मुद्दामा फरार रहेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी रामपुर–८ की ६० वर्षीया नोखी खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई २०५३ माघ ८ गतेको फैसला अनुसार ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेकी खत्रीलाई जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खत्रीलाई आवश्यक कारवाहीको लागि सल्यान जिल्ला अदालतमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.