नेपालगञ्ज, असोज २० : दाङ, असोज २० : दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र लु १ख ७७२९ नम्बरको ट्रक बाँकेको ठूटे जंगलमा एक आपसमा ठोक्किदा छ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।