बाँकी एक अर्को यात्रा
हतियार ब्यापारीको चपेटामा देश
शान्तिको अर्को लडाइँ कर्तव्य भो ।
बलिदान माथि अबमुल्यनकै परिवेश
सहिदहरु ब्युझाउनु कर्तव्य भो ।।
द्वन्द्व चाहनेकै कब्जामा न्याय गो
सर्वोच्चको चौघेरामै गलत आदेश च्यात्ने हो ।।।
हुदैछ ब्यवस्था मास्ने प्रपन्च जो
रक्षा गर्दै अवस्था बदल्न जुट्ने हो ।
चौतर्फी गणतन्त्र घाइते बन्दै गो
रक्षाकवज भै खडा हुनै पर्ने भो ।।
बज्दैछ खतराको घण्टि राष्ट्रियतामै जो
स्वतन्त्रताको आवाज कुर्लनु दायित्व भो ।।।
कुचेष्टा छ रुमल्ने यथास्थितिमै जो
साझा एजेन्डा अग्रगमनको बोकि उठ्ठने हो ।
लक्ष एक तर बिभक्त टुक्रे दुकान अनेक भो
मेलभै समाजवादि यात्रामै जुट्ने हो।।
मुठ्ठी दृढताको कसौ, हौं महासमरका यात्री जो
बेवारिसे बिचरा भरोसा बटुल्दै अब अघि बढ्ने हो ।।।
चुमेरै साझा सपनाको सिखर संगसंगै विश्राम गर्ने हो ।
सबैसंगै अघि बढ्ने हो ।।
लक्ष्य भेटि विश्राम गर्ने हो ।।।