बहु बिवाह मुद्दामा फरार महिला ६ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 12 | 08:02 am 2233

तनहुँ, साउन २ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा बहु बिवाह मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. ६ बस्ने ३९ वर्षीया बिष्णु मल्ल रहेकी छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७१ साउन २७ गतेको फैसला उपर तोकिएको कैद मध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेकी मल्लको खोजतालस गर्ने क्रममा २०७७ साउन २७ गते घरमै लुकिछिपी बसेको
अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेकी मल्ललाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.