महोत्तरी, असाेज ११: बहुविवाह मुद्दामा एक दम्पती जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ का पति राधारमण झा र उनकी श्रीमती पूजा प्रतिहस्त रहेका छन् । पूजा प्रतिहस्ता राधारमणका कान्छी श्रीमती हुन् भने जेठी अञ्जु झा हुन् ।
जेठी श्रीमती हुँदाहुँदै धारमण झाले कान्छी श्रीमती पूजालाई भित्र्याएपछि अञ्जु झाले श्रीमान र उनका कान्छी श्रीमती विरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएकी थिइन् ।
त्यसैकाे आधारमा उनीहरूलाई बहुविवाह कसुरमा जेल चालान गरिएकाे बुझिएकाे छ ।