बहुप्रतिक्षित अर्जेन्टिना र आइसल्याण्डबीचको खेल शुरु

| 2018 Jun 16 | 06:45 pm 3135

काठमाडौं, असार २ : रसियामा जारी २१ औं संस्करणको विश्वकप अर्न्तगतको बहुप्रतिक्षित खेल अर्जेन्टिना र आइसल्याण्डबीचको खेल शुरु भएको छ । खेल नेपाली समय अनुसार शनिबार ६: ४५ बजे रसियाको मस्कोस्थित स्पार्टक स्टेडियममा शुरु भएको हो ।

अर्जेन्टिना दुर्इ पटकको विश्वकप विजेता हो भने आइसल्याण्ड यो पहिलो विश्वकप हो ।

नेपालमा अर्जेन्टिनाका फ्यानहरु धेरै भएकोले यसलार्इ विशेष रुपमा हेरिएको छ । जादुयी खेलकला भएका लियोनेल मेस्सीलार्इ खेल जिताउनैपर्ने दबाब छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.