धनकुटा, जेठ ५:बहिनी जिस्क्याएको निहुँमा धनकुटा मारेकटाहारेमा एक युवकको छुरी हानी हत्या गरिएको छ । हत्या हुनेमा महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २२ बर्षिया सन्तोष लिम्बू रहेका छन् ।
गाउँको साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा आफ्नो बैनी जिस्काएको निहुमा सोही वडाका २५ वर्षीय घनेन्द्र लिम्बुले उनको हत्या गरेका हुन् । आइतबार बिहान अन्दाजी ५ बजे भएको उक्त घटना हुँदा लिम्बूको घटना स्थलमा नै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
उक्त घटना घटाउने घनेन्द्र लिम्बूलाईू प्रहरी नियन्त्रणमा लिईएको र घटनामा संलग्न फरार रहेका अर्का जीवन लिम्बूको खोजीकार्य भई रहेको जिप्रका धनकुटाका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा ल्याईएको छ ।