बनेपा, कार्तिक २५ । धुलीखेलमा रहेको यूनिक भोजनालयमा जुवा खेलेको सुराकी पाएर प्रहरीले छपा मार्दा बहालवाला एक असई सहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचविखन अनुसन्धान व्यूरोमा कार्यरत असई भिमसेन आचार्यको नाम सार्वजनिक भएपनि अन्यको नाम भने प्रहरीले गोप्य राखेको छ । जुवाको खालबाट ४ लाख ४२ हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ ।