बस र माइक्रो जुध्दा ११ घाइते

रिपोर्ट नेपाल | 2019 Jul 22 | 04:57 pm 2938

काठमाडौं, साउन ६ : पृथ्वी राजमार्ग अन्तरगत धादिङकाे थाक्रे गाउँपालिका–१ खयरघारीमा बस र माइक्रो जुध्दा ११ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडाैं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो !

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारले बताए।

घटनामा घाइते भएका सबै जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.