तनहुँ, कार्तिक १८ । तनहुँ व्यास नगरपालिका वडा नं. १२ कमलबारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा उदयपुर जिल्लाको कटारीबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १७५२ नम्बरको यात्रु बाहक बस अनिन्त्रित भई सडकमा दुर्घटना भएको छ ।
दुर्घटनामा बस चालक सहित बसमा सवार ३४ जना यात्रु घाईते भएको र तत्काल उद्दार गरी उपचारको लागी पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाएका छन् ।
घाईतेहरुको दमौली अस्पताल, लक्ष्मी अस्पताल डुम्रे, रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।