जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २७ घाइते

रिपोर्ट नेपाल | 2021 Nov 28 | 07:31 am 1409

जाजरकोट, मङ्सिर १२ः जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन् । नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी वजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले विहान २ वजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताए ।

मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताए । बस के कसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.