बसुन्धारामा सोफामुनि सकेट बम फेला, ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 08 | 03:36 pm 1905

काठमाडौं, चैत्र २५ : बसुन्धारामा एक कार्यालयको सोफामुनि सकेट बम फेला परेकाे छ ।  ओसिस क्याफेसँगै जोडिएको घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार डिस्पोजको लागि तयारी भइरहेकाे छ । बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न सकेको छैन।

महागरीय प्रहरी वृत महाजगञ्जको टोलीले कम्युटर सेन्टरका संचालक प्रकास सुवेदीलगायत चार जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.