बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते

रिपोर्ट नेपाल | 2023 May 17 | 03:45 pm 1577

काठमाडौं, जेठ ३ः तारकेश्वर नगरपालिका वडा नं. ११ को शेषमती पुल क्षेत्रमा यात्रु बहाक बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते भएका छन् ।

बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुँवरका अनुसार बसले मोटरसाइकललाई पनि खोलामा झारेको छ । उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

यसैगरी स्थानीयबासी  दिलकृष्ण महर्जनले  मोटरसाइकल चालकको अवस्था भने चिन्ताजनक जानकारी दिनुभयो । अन्यलाई सामान्य चोटपटक लागेको छ । गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.