बसले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Feb 03 | 10:29 am 2021

झापा, माघ २१ः पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा बुधबार सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेका छन् ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.