बसको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु, ७ घाइते

रिपोर्ट नेपाल | 2018 Aug 20 | 04:41 pm 2555

बर्दिवास, भदौ ४ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ मा बसको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु भएको छ । तीर्थ यात्री बोकेर मन्दिरबाट फर्किदै गरेको अटो रिक्सालाई बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख २५३७ नम्बरको बसको ठक्करबाट ज१ह ११२६ नम्बरको अटोरिक्साका चालक बर्दिवास नगरपालिका-५ का ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

दुर्घटनामा परी अटोरिक्सामा सवार अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकाशं महिला र बालबालिका रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.