काठमाडाैं असार २८ । अनलाइनबाट जुवा खेलाउने प्लेटफर्म वान एक्स बेटको प्रचार गरी जुवा खेल्न प्राेत्साहन गरेकाे आरोपमा पक्राउ परेका कलाकारहरु धराैटीमा रिहा भएका छन् ।
काठमाडाैं जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), लगायत कलाकारहरु रिहा भएका हुन् । उनीहरु ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
उनीहरुलाई जेठ ३१ गते प्रहरीले पक्राउ गरेको थियो । सट्टेबाजी गराउने एजेन्ट दिनेश खड्का र अनिता धिताललाई अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ ।