काठमाडौं, असार ३: शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा छापा मारेको छ।
टाेलीले अनुगमनका क्रममा बल्खुमा ८ र कालिमाटीका ७ तरकारी व्यापारीलाई कारबाही गरिएको छ । तरकारीको भाउले आकाश छोएको गनासो बढेपछि विभागको टोलीले अनुगमन गरेको हो ।
बढी मूल्यमा बेच्ने बल्खुस्थित होलसेल तरकारी बजारका ८ व्यापारीलाई कारवाही गरिएको छ । हाेलसेल ८ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरिएको हाे ।
मनाेमानी रूपमा एक व्यापारीले लिएको तरकारी अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताए।
त्यसैगरी कालीमाटीस्थित तरकारी बजारमा पनि ७ तरकारी व्यापारीमाथि कारबाही गरिएको छ ।