बल्खुमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु एक घाइते

रिपोर्ट नेपाल | 2019 Dec 26 | 03:41 pm 1974

काठमाडौं, पुस १०ः बल्खु पुरानो एमालेको कार्यालय नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडी सवार २४ वर्षीया दिवाना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवरका अनुसार बा ५ ख ६८१७ नम्बरको बसले बा ६५ प १०३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालक ३४ वर्षीय धनीराज राईको बयोधा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.