बल्खुबाट लागू औषधसहित १ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 11 | 04:49 pm 1937

काठमाडौं, पुस २७ :  प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ ।  २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहिबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

उनले उपत्यका बाहिरबाट सो लागू औषध काठमाडौं ल्याई बिक्री गर्नेक्रममा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो लेखिएको मोबाईल एक थान पनि बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.