बलात्कार पछि हत्या गरेका खाँ जेलकाे छिडीमा

| 2023 Nov 28 | 12:03 pm 1749

काठमाडौँ, १२ मंसिर। गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन्।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। खाँ स्थानीय एक मस्जिद मदरसा गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए।

मनिषा खेतमा खेतालालाई सुर्ती पुर्‍याउन जाने क्रममा कात्तिक १६ गते शिक्षक खाँले फकाई मस्जिदभित्र लगेका थिए। त्यहीँ उनलाई बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दी खोलामा फालेका थिए। किशोरी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.