बलात्कार गरेको अभियोगमा एक युवक प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Jan 08 | 11:13 pm 2483

महेश सिंह सिरहा, पुस २३ः जिल्लाको धनगढीमाई नगरपालिका १२ का २३ वर्षीय रमेश यादवलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

स्थानीय एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी पाए लगत्तै प्रहरी घटना स्थल पुगेका थिए ।

बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र लहानबाट खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरेको छ ।

प्रहरीले यादबलाई पक्राउ गरी थपअनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुरबेदीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.