धनगढी, भदौ १७: कैलालीको घोडाघोडी नगरपालिका ६ बछुरियाका हर्कबहादुर कुँवर बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । त्यही ठाउँकी १४ वर्षीया बालिकामाथि बलात्कार गरी फरार रहेका ३३ वर्षीय हर्कबहादुर आज आइतबार पक्राउ परेका छन्।
कैलालीको लम्कीस्थित नातकोमा केहि दिन अघि देखि बसेका कुँवरको नाम समाचार आएपछि उनलाई आफन्तले नै ईलाका प्रहरी कार्यालय सुखडलाई बुझाएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
गत भदौ १३ गते रातको समय घरमा कोही नभएको मौका छोपेर कुँवरले बालिकालाई उनकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ।