बलात्कारको आरोपमा तीन जना पक्राउ

| 2024 Sep 01 | 01:31 pm 457

काठमाडौँ १६भदौ / रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कोटहीमाई गाउँपालिका कार्यालयका दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ। कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी,उद्यम विकास सहजकर्ता मुकेश चौधरी र बंटी भन्ने शैलेश पाण्डे पक्राउ परेका हुन्।

श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षीय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षीय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् ।

प्रहरीले सामुहिक बलात्कार भए/नभएको लगायत विषयमा अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने बताएको छ । घटना केही दिन अघिको र घटनास्थल लुम्बिनी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.