बर्दियामा बस दुर्घटना ३० जना घाइते

रिपोर्ट नेपाल | 2019 Jun 23 | 10:38 am 1978

बर्दिया, असार ८:  काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएकाे छ  । दुर्घटना  हुँदा ३० जना घाइते भएका छन् भने घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएका छन् ।

सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको साइपाल डिलक्स बस बर्दियाको रम्भापुरमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल लगिएकाे छ । बस चालक सिकारु भएकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.