बर्दियाका सई अख्तियारकाे फन्दामा

| 2023 Nov 28 | 04:12 pm 2325

बाँके, मंसिर १२/ इलाका प्रहरी कार्यालय बढैयाताल बर्दियाका सई पवन सावदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टोलीले ३० हजार नगद सहित पक्राउ गरेको छ।एक लागुऔषध मुद्दामा रहेका व्यक्तिको मुद्दा मिलाउन पैसा मागेकाे थाहा पाएपछि अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयको टाेली इलाका प्रहरी कार्यालयमा पुगेको थियो ।टाेलीले सई सावदलाई मुद्दा फाँटबाट नियन्त्रणमा लिएको हाे।३० हजार रूपैयाँ सहित पक्राउ परेका साउद माथि अनुसन्धान भइरहेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.