बरिष्ठ नेता पौडेललाई अडान कायम राख्न नेविसंघका नेताको सुझाव

रिपोर्ट नेपाल | 2019 Dec 25 | 06:12 pm 1831

काठमाडौं, पुस ९ः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी नेतृत्वसंग अहिले राखिएको अडान कायम राख्न आग्रह गरेका छन् ।

नेविसंघका नेता मोती भण्डारीको नेतृत्वमा पौडेल निवास बोहोराटारमा गएको प्रतिनिधि मण्डलले नेविसंघको गठन र लामो समय देखि काम गर्दै आएका नेताको आत्मसम्मान बारे बताएका थिए ।

विघठित नेविसंघलाई गठन गर्दा उमेर भन्दा पनि क्षमतालाई ध्यान दिन विद्यार्थी नेताहरुले नेता पौडेल समक्ष आग्रह गरेपछि नेता पौडेलले नीतिगत कुरामा छलफल भइरहेको बताएका थिए ।

आफू निकटका विद्यार्थीलाई आश्वास्त पार्दै नेता पौडेलले प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीले नीतिगत छलफल गरेपछि विद्यार्थी नेतालाई उचित जिम्मेवारी दिलाउने कुराबाट आफूपछि नहट्ने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.