बरिष्ठ नेता पौडेलद्वारा खाद्य सुरक्षालाई पहिलो प्राथामिकतामा राख्न सरकारसंग माग

रिपोर्ट नेपाल | 2020 Mar 26 | 07:35 pm 1882

काठमाडौं, चैत १३: कोरोना भाइरसले विश्वमा आक्रान्त बनाई रहेकाले नेपालमा पनि सरकारले लकडाउन लगाएको बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएको बताएका छन् ।

यसलाई सबैले पालना गर्नु पर्दछ भनेर बिहीबार सामाजिक संजाल फेसबुक लाइभ मार्फत भनेका छन् ।

तर दैनिक ज्यालादारी गरेर गुजरा चलाउने जसले दैनिक काम गरेर साझ बिहान जिविकोपार्जन गरेका छन् ति जनताका लागि कठिनाइ हुने हुँदा सरकारले ति जनताका लागि गुजारा चलाउने प्रबन्ध मिलाइदिन सरकारसँग माग गरेका छन्।

विश्वलाइनै आक्रान्त बनाइ रहेको कोरोना भाइरसबाट सुरक्षित रहन लकडाउन नै उत्तम विकल्प भएपनि लकडाउनको मारमा श्रमिक वर्ग र दिउँसो काम गरेर बिहान बेलुका खानु पर्ने भएकाहरुलाई सरकारको ध्यान जानु पर्ने फेसबुक मार्फत नेता पौड्यालले माग गरेका छन् ।

सरकारले जनताको सुरक्षाको लागि लकडाउनको साथ साथै दैनिक ज्यालादारी र न्यून आय भएकाहरुको दैनिक गुजरा चलाउने प्रवन्ध मिलाउन पनि आवश्यक भएको बताएका छन् ।

उनले भनेका छन्, लकडाउनको कारणले कोही पनि भोकमरीमा परी मृत्युको शिकार बन्न नपरोस् म सरकारलाई तत्काल विशेष राहत प्याकेज घोषणा गरोस भनि अनुरोध गर्न चाहन्छु ।

सरकारले खाद्य सुरक्षालाई पहिलो प्रथामिकतामा राखियोस साथै यो विषमपरिस्थितिमा सबै मिलेर जानु भन्दा अरु विकल्प नरहेको फेसबुक लाइभ मार्फत भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.