- महेश सिंह
सिरहा, असार ४ः सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिवीर संचालन हुने भएको छ । श्री जनता माध्यमिक बिद्यालय बरियारपट्टी ३ को प्राङ्गणमा आज शनिबारको दिन बिहानको ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने बताइएको छ ।
श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. तथा नेपाल क्यान्सर फाउन्डेसनको आयोजना र बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पताल बिर्तामोड तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा हुन लागेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद कुमार यादवले बताए ।
स्थानीय वासीलाई केहि लाभहोस भन्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरीएको श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादवले बताए । ‘गरीब, दलित, अति विपिन्न, असाहय तथा आर्थिक अभावले उपचार गराउन नसकेका रोगीहरुको लागि उपयोगी हुने’ यादवले बताए । सथै यस निःशुल्क शिविरबाट सबैलाई लाभ लिनको लागि आग्रह समेत गरेका छन् ।
स्वास्थ्य शिविरमा फिजिसियन विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक, कान, घाँटी विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हार्डजोर्नी विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, रेडियोलोजी, बिकिरण चिकित्साविज्ञान विशेषज्ञ सहितको टोलीको उपस्थिती रहने बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर डा बिरेन्द्र यादवले बताए ।