बरयारपटी गाउँपालिका १ मा महाबिष्णु यज्ञ सुरु हुने

| 2021 Mar 12 | 12:10 pm 5445

  • महेश सिंह महतो

सिरहा, फागुन २८ः सिरहाको बरयारपटी गाउँपालिका १ स्थित नरगीमा सीताराम महाबिष्णु यज्ञ सुरु हुने भएको छ। स्थानीय राम बाबु साह सुडीको अध्यक्षतामा यज्ञ हुने तय भएको हो,भने यज्ञकर्ता श्री श्री १०८ श्री बाबा राम चरीत्र दासजी महाराजले यज्ञ गर्न लागेका हुन्।

No description available.

बाबा दासका अनुसार समाजमा रहेको बिकृति र बिसंगतिलाई उन्मुलन गर्ने र आफु हिन्दु हो भन्दै बिश्व शान्ति नेपाल, हिन्दु राष्ट्रिय कायम होस, सनातन धर्म पुस्तौ पुस्ता कायम रहिरहोस भन्ने अभिप्रायले यज्ञको प्रारम्भ गर्न लागेको पत्रकार समेलनमा जानकारी उनले दिए। उक्त यज्ञ ५० लाखको आर्थिक लगानीमा सुरु हुने भएको छ।

स्थानीय तह गाउँपालिकाले ५ लाख सहयोग गरेको छ, भने बाँकी छिमेकी गाउँबाट चन्दा संकलन गरी यज्ञको आर्थिक सहयोग जुटाइएको समाजसवी शिवदेब साहले जानकारी दिए।

यज्ञको कलस यात्रा चैत ४ गते बुधबार बिहान ७ बजे देखि सुरु हुने र यज्ञको आरम्भ चैत ५ गते बिहीबार, आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले यज्ञको उद्घाटन गर्ने तय भएको बताइएको छ।

यज्ञमा गाउँपालिका अध्यक्ष सन्तोष कुमार यादव लगायत बिभिन्न राजनीति दलका प्रतिनिधिहरुको सहभागिता रहने सम्बन्धित वडाका अध्यक्ष नेवा लाल यादवले जानकारी दिए ।

कलस यात्रामा १० हजार कलस रहने र दर्शन अभिलाशिहरुको उल्लेखनीय सहभागिता रहने र यज्ञ चैत ५ गते देखि चैत १३ गते शुक्रबार सम्पन्न हुने यज्ञकर्ता बाबा रामचरित्र दासजि महाराजले पत्रकार सम्मेलनमा जानकारी गराए।

यज्ञमा २ सय ५० जना स्वयम सेवक परिचालन रहने र नेपाल प्रहरी र शस्त्र प्रहरीको समेत सुरक्षा रहने स्थानीय समाजसेवी लक्ष्मी प्रसाद यादवले जानकारी दिए । यज्ञ हेर्न आउने भारत लगायत टाढाका भक्तजन र दर्शनअभिलासिहरुको लागि निः शुल्क खाना र बासको व्यवस्था यज्ञ समितिले गर्ने भएको अध्यक्ष राम बाबु साह सुडि र यज्ञ सल्लाहकार भोगेन्द्र प्रसाद यादवले बताए ।

मेलामा प्रत्येक दिन दस हजार दर्शनअभिलासिहरु भित्र्याउने यज्ञ समितिको अनुमान रहेको छ। यज्ञ आकर्षकको लागि कार्यक्रमहरुमा कथा बाचिका साधबि कृष्णा किशोरी जि, बिन्दावन, रासलिला र रामलिला, शान्ति नावम कुण्ड, चरीत्र रामायण पाठ , रामनाम जाप, झुल्ला कार जिप मोटरसाईकल सर्कस, १ सय २१ मुर्ति नवकुण्ड मण्डप लगायतका धार्मिक सांस्कृतिक कार्यक्रम रहने यज्ञ समितिको अध्यक्ष साहले जानकारी दिए ।

No description available.

यज्ञ अवधिभरमा यज्ञ क्षेत्र आसपासमा माछा मासु र मदिराजन्य पेये पदार्थहरु पूर्ण रूपमा बन्द रहने यज्ञ समितिले निर्णय गरेको बताइएको छ । यदि उक्त पदार्थहरु बेचेको फेला परेमा समितिको निर्णय अनुसार कानुनी कारबाही गर्ने समितिले बताए । यज्ञमा खानेपानीको लागि चाप कल ५ र दिसा पिसाबको लागि शौचालय ५ वटा समेत निर्माण गरिएको छ।

यज्ञबाट भएको आम्दानी समितिको निर्णय अनुसार कुनै धार्मिक काम र मठ मन्दिरमा लगाउने पत्रकार सम्मेलनमा अध्यक्ष साहले प्रतिद्धता व्यक्त गरेका थिए । करिब ४० बर्ष अघि स्थानीय रबिबिहारीले रामजानकी मन्दिरको नाममा सवा २७ काठ्ठा जग्गा मन्दिरलाई दान गरेको स्थानीय एक वृद्धले बताए ।

उक्त जग्गा केही बर्ष अगाडि देखि स्थानीय मोहोमद वकिल र छोरा मोहोम्द मुस्तुफाले उक्त जग्गा मोहियानी हकदाबी गरी खनजोत गारी भोगचलन गर्दै आएका छन् । उक्त जग्गाको हलदार मोहोमद वकिलको मन्जुरीमा र स्थानीय सरकारको अनुमति लिई यज्ञ गर्न लागेको हो । यज्ञ सकिने लगत्तै उक्त जग्गामा रामजानकी मन्दिर निर्माण र गूठी रहने यज्ञ समितिले बताए ।

मुर्ति कालाकार सिरहा ईटहर्वाका राजेन्द्र पंडित र सहायक हनुमान पंडितले मुर्ति तयारी गर्ने जिम्मा लिएका हुन् ।

बिश्व हिन्दू परिषद नेपाल कायम रहिरहोस हिन्दू समाजलाई संगठित गर्दै सामर्थ्य सम्पन्न बनाउने र हिन्दू धर्म आस्था संस्कृति र सामाज माथी कुनै पनि बाह्य धर्मको हस्तक्षेप नहोस र समाजिक बिभेद विषमता छुवाछूत निर्मुल गरी सामाजिक भावना निर्माण गर्न र समाज संगठित बनोस भन्ने उद्देश्यले उक्त यज्ञको आरम्भ गर्न लागिएको बाबा राम चरीत्र दास र वरिष्ठ समाजसेवी शिव देब साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.