बन्दीपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते

रिपोर्ट नेपाल | 2019 Aug 04 | 02:50 pm 1926

तनहुँ, साउन १९:  बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार  बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैइरहेकाे प्रहरीले बताए ।

उक्त बसमा ३३ जना यात्रु सवार रहेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.