बन्दकर्ताद्वारा चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ

| 2022 Aug 23 | 10:27 am 1069

चितवन, भदाै ७ः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् ।

तोडफोडमा संलग्न ५ जना बन्दकर्तालाई पक्राउ गरेकाे चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए छन् ।

बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु-याएका छन् ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.