बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

रिपोर्ट नेपाल | 2025 Jan 16 | 11:25 am 281

काठमाडौँ, ३ माघ  / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार प्रतितोला चार सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.