बढुवामा असन्तुष्टि जनाउँदै एसपी उप्रेतीले दिए राजीनामा

रिपोर्ट नेपाल | 2019 Feb 10 | 04:53 pm 3498

काठमाडौं, माघ २७ :  प्रहरीको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

प्रहरी प्रधानकार्यालयले शनिबार राति १४ एसपीलाई एसएसपी र २६ डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको थियो।

२०५१ व्याचका उप्रेती एसएसपी बढुवाको लाइनमा भए पनि उनी भन्दा कनिष्ठ समेत बढुवामा परेपछि असन्तुष्ट बनेका थिए। हाल उनी अपराध महाशाखा टेकुमा कार्यरत थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.