बडादशैँको अवसरमा प्रधानमन्त्रीद्वारा सबै नेपालीमा शुभकामना

रिपोर्ट नेपाल | 2020 Oct 26 | 06:45 am 2148

काठमाडाैं, कात्तिक १०ः प्रधानमन्त्री केपी शर्मा ओलीले वडा दशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहीनीहरुमा सुस्वास्थ्य, प्रगती तथा समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

साथै उनले चाड पर्वका नाममा बिकृतिहरु सृजना नगर्न सबै नेपालीहरुमा आग्रह गरेका छन् । उनले चाड पर्वहरुका बेला आफ्नो सामार्थ्य भन्दा माथि पुगेर खर्च गर्ने, उत्सव मनाउने अरुको हेरेर नक्कल गरेर फजुल खर्च गर्ने जस्ता नकारात्मक पक्षलाई अबलम्बन नगरी मितव्ययी र उचित ढंगले मनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले चाडबाड केवल पर्व र उत्सव मात्रै नभई सामाजिक प्रवन्धको आधार पनि भएकाले यिनिहरुलाई अपनाउदै अघि बढ्नुपर्ने बताएका छन् । कोरोना महामारीको संक्रमण त्रासका कारण यो बर्षको दशैँ फरक ढंग अपनाएर मनाइरहनु परेको कारणले एक अर्काको समीपबाट शारीरीक व्यवहार नगर्न अनुराेध गरेका छन् ।

उनले कोरोना भाइरसको संक्रमण फैलनसक्ने खालका सम्भावित व्यवहारहरु नगर्न आग्रह गरेका छन् । दशैँमा मान्यजनहरुबाट टीका, जमरा लगाउदा कोरोना संक्रमण हुनसक्ने हुनाले अत्यान्तै सजग हुन आग्रह गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले सुभकामनामा जेष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरुमा कोरोना संक्रमणको उच्च जोखिम भएको हुनाले सजग र सचेत भएर दशैँ मनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसपालिको दशैँ जो जहाँ छौँ त्यही बसेर मनाउन आग्रह गरेका छन् । कोरोना महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिगत झैँ प्रधानमन्त्री निवासमा आयोजना हुने सार्वजनिक टीका कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको कुरा पुन: दोहोर्याउनु भएको छ ।

यसअघिको सुभकामना सन्देशमा पनि बिगतका बर्षहरुमा झैँ योवर्ष प्रधानमन्त्री निवासमा बडा दशैँको अवसरमा आयोजना हुने सार्वजनिक टीका कार्यक्रम आयोजना नगराउन निर्देशन दिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.