काठमाडौँ २२ चैत / पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ।
आज बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार टुंगो लगाएको हो । कांग्रेसले बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अन्य दलले भने दुवै क्षेत्रमा यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्।