बझाङमा भूकम्पको धक्का

| 2024 Jan 13 | 08:39 am 489

चैनपुर (बझाङ) — बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् । (कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.