काठमाडौं, असोज १६ । बझाङको भट्टेखोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पपछि स्थानीयहरू घरबाट बाहिर निस्किएका थिए। भूकम्पबाट के कति क्षति भएको भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन ।