महेश सिंह सिरहा, जेठ १७ः जिल्लाकाे लहान नगरपालिका २३ मा बजेट संचालनको विषयमा विवाद भएको छ । २ नम्बर प्रदेश संसदिय कोषको ५० लाख बजेट संचालन गर्ने अधिकार स्थानीय सरकारको रहेको छ ।
लहान २३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताले बजेट संचालनको विषयमा स्थानीय समाजसेवी बुद्धि जिवी र राजनीति दलका प्रतिनिधिहरुको लागि वडा कार्यालयको सुचना पार्टीमा सूचना टास गरी सम्पूर्ण जनसमुदायलाई भेला गरी उपभोक्ता समिती गठन गर्ने कार्यक्रममा अन्यमितता गरेकाे भन्दै स्थानीय बासी र वडा अध्यक्षबीच झडप भएको थियो ।
झडपमा वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताकाे नाकमा चोट लागि समान्य घाइते भएका छन् । वडा अध्यक्ष गुप्तालाई कार्यालय भित्र ताल्चा लगाई थुनी केही बेर राखिएको थियो ।
थुनेको भन्ने जानकारी उनले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय लहानलाई जानकारी गराएका थियो । जानकारी पाउने लगत्तै ईलाका प्रहरी कार्यालय लहानका डिएपी शरद थापा क्षेत्रीको टोलिले घटना स्थलमा पुगेर अध्यक्ष गुप्तालाई निकालेका थिए ।
स्थानीय दिनेश सहनीको छोरा अन्दाजी वर्ष २२ का कौशल कुमार सहनी र राम नारायण सहनीको १८ बर्ष छोरा दिपा सहनीलाई समेत चोट लागेको प्रहरीले जानकारी दीकाे छ ।
प्रहरी घटनास्थलमा पुगदा अवस्था सामान्य भइसकेकाे थियो । प्रहरीले वडा अध्यक्षलाई थुनिएकाे अवस्थामा ताल्चा फुटाई उद्धार गरी वडा अध्यक्ष लगायत अन्य घाइतेहरुलाई उपचारको लागि लहान पठाएको थियाे। घाइतेकाे अवस्था सामान्य रहेको लहान अस्पतालले जानकारी दिएकाे छ।