बजेटमा स्पष्टता, समृद्धिको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव : गगन थापा

रिपोर्ट नेपाल | 2018 Jun 03 | 03:46 pm 3440

काठमाडौँ २० जेठ : सरकारले ल्याएको आर्थिक वर्ष २०७५र७६ को बजेटमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले टिप्पडी गरेका छन् । उनले अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव रहेको बताएका हुन् ।

सांसद थापाले बजेटमा समृद्धितर्फको मार्गदर्शनको अभाव रहेको बताएका छन् । त्यास्तै बजेटमा कुनै स्पष्टता नभएको बताउँदै सरकार देशमा संघीयता लागु भइसकेको अवस्थामा त्यसलाई बजेटमार्फत थप सशक्त बनाउन चुकेको बताएका छन् ।

उनले अर्थमन्त्री खतिवडाले बजेटमा केही नराम्रा पूर्व योजनालाई कटौती गर्ने साहस गर्न नसकेको र आफ्नो क्षेत्र विकासका नाममा रकम विनियोजन गरेर गल्ती गरेको आरोप लगाए छन्। यस्तै सांसद थापाले आगामी वर्षको बजेटमा सृजनशिलताको अभाव रहेको र त्यसले गर्दा पूर्वाधार विकासका लागि विनियोजन गरिएको विषयमा पनि कुनै सृजनशिलता नभएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.