बजेटबारे छलफल गर्न संसद् बैठक आज

रिपोर्ट नेपाल | 2018 May 31 | 03:05 am 1712

काठमाडौं, जेठ १७ : सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न आज ( बिहीबार) ११ संघीय संसद बैठक बस्‍ने भएको छ ।

सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए । यसमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेका बेला प्रमुख प्रतीपक्ष दल कांग्रेसले असन्तुष्टि जनाएको छ । उसले बजेटलाई बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.