बजेटपछि आकासियो बजारभाउ: अखाद्‍य वस्तुको मिसावट, सरकार बेखबर

| 2018 Jun 12 | 06:36 am 1317

काठमाडौं, जेठ २९: आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट आएलगत्तै व्वापारीले दैनिक उपभोग्य सामानको कृत्रिम मृल्य वृद्धि गरेका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताहरूको भनाइ छ ।

तर, नियमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ । उल्टै बजार भाउ नबढेको दाबी गर्छ ।

बजेटअघि सोयबिन तेलकव मूल्य ११५ बजेटपछि १३५ रुपैयाँ पुगेको छ । मन्सुली चाललको मूल्य बजेटअघि १६५औ थियो भने बजेटपछि १७०० पुगेको छ । यस्तै बोडो ५५/६५, मासको दाल १००/११०, पेट्रोल ११०/११३, पनिर १४००/१४३५, घिउ ९००/९८० रुपैयाँ पुगेको छ ।

एकातिर बजार भाउ बढाएका छन् भने अर्कोतिर खाद्‍यवस्तुमा अखाद्‍यवस्तु मिसाएर विक्रि गरिरहेको पाइएको छ । गुण नियन्त्रण महाशाखाले सोमबार बजार अनुगमनका क्रममा अखाद्‍य वस्तु मिसाएर महँगोमा विक्रि गरिरहेको पाइएको हो ।

मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै उनीहरूले हामीलाई दिएका छन्,’ आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

उत्पादक, थोक बिक्रेता र खुद्रा बिक्रेता तीनवटै पक्ष मिलेर बजारमा कृत्रिम मूल्यवृद्धि गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनलर् सरकारले मूल्यवृद्धि ३ प्रतिशतभन्दा बढी जान दिन्नँ भनेर गरिरहेको गृहकार्य उनीहरूले असफल पार्ने प्रयास गरिरहेको बताए । महर्जनले भने, ‘अनुगमनकारी निकायले पनि मूल्यलाई विशेष केन्द्रमा राखेर अनुगमन गरेको देखिँदैन । बजेटअघि र पछिको खाद्यवस्तुको मूल्य कस्तो छ भनेर सघन रूपमा अनुगमन गर्नुपर्ने खाँचो देखिएको छ ।’

१५ जेठको बजेटपछि अधिकांश खाद्यान्नको भाउ बढेको खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठलर् बताए । उनले भने, ‘बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढाएको थोक बिक्रेताले हामीलाई बताउने गरेका छन् ।’

बजार अनुगमन गर्ने आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कृत्रिम मूल्यवृद्धिबारे अनभिज्ञता जनाउँछ । पटकपटक गरिएको अनुगमनमा बजारभाउ नबढेको उसको दाबी छ ।

‘हामीले चेम्बर अफ कमर्स, थोक बिक्रेताहरूलाई बोलाएर छलफल गर्‍यौँ, उनीहरूले मूल्य नबढाएको जानकारी हामीलाई गराएका छन्, मूल्यसूची नै दिएपछि नपत्याएर के गर्नु ?’, विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.