बजीरको जिवन रक्षाका लागि बसन्तको सहयोग

रिपोर्ट नेपाल | 2020 Nov 27 | 10:24 am 2526

काठमाडौं, मंसिर १२ः विगत एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित बजीर थापाको जिवन रक्षाको लागि सहयोग गर्न रेसुङ्गा नगरपालिका ८ का बसन्तबहादुर भुजेलले आम नेपालीसँग आग्रह गरेका छन् ।

एक महिना अघि भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गराएका थापाको स्वास्थ्य स्थिति बुझ्न ह्याम्स अस्पताल पुगेका भुजेलले उनको अवस्था जटिल देखेपछि यस्तो आग्रह गरेका हुन् ।

No description available.

मध्ययम वर्गिय थापाको भएको सबै धनसम्पत्ती विगत एक वर्षको उपचारमा समाप्त भएको र अहिले आर्थिक अभाव भएकोले उनको जिवन रक्षाका लागि सहयोगी हात अघि बढाउन सबैसँग भुजेलले आग्रह गरेका हुन् ।

रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै भुजेलले आफू नेविसंघको अध्यक्ष हुँदा बजीर ज्यादै सकृय र निकै फुर्तिलो कार्यकर्ता रहेको बताए ।

२०४२ सालको सत्याग्रहमा ६ महिनाको कठिन जेल जिवन यापन गरेका थापाको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको भुजेलले बताएका छन् ।

उनले आफू शारिरीक असक्त भएको र पेन्सनका भरमा जिवन यापन गरेपनि आफ्नो पेन्सनबाट सानो रकम ५ हजार सहयोग गर्ने पनि भुजेलले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.