बजारमा बिक्रिका लागि पठाएका तीन कम्पनीका औषधि गुणस्तरहीन भएको विभागको पुष्टि

रिपोर्ट नेपाल | 2020 Feb 25 | 10:26 am 4459

काठमाडौं, फागुन १३: बजारमा बिक्रीका निम्ति पठाएका ३ वटा कम्पनीका औषधि गुणस्तरहीन भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

गुणस्तरहीन भटिएका कम्पनीमा काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडलेद्वार उत्पादीत अभिपत्तिकर चूर्ण १ सय ग्राम, भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड र वीरगञ्जमा उत्पादीत ल्याकोफिट वोइल रेगुलेटर १ सय ग्राम गुणस्तरहीन भेटिएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो ।

विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीनवटै कम्पनीले औषधिको आवश्यक मापदण्ड पूरा नगरेको खुलेको छ ।

बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो । साथै विभागले यी तीनवटै औषधि प्रयोगको सिफारिस नगराउन पनि सम्बन्धित सबैमा आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.